दिपक राज भट्ट ,डडेल्धुरा असोज १२ । डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. १ रुपालीगाडको सेल्टुणामा सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट स्थापना गरिएको छ । सोमबार भागेश्वर गाउँँपालिका अध्यक्ष कौशील्ला भट्ट र सशस्त्र प्रहरी बाहिनीपति बुढाथोकीले संयुक्त रुपमा पोष्ट स्थापनाको उदघाटन गरेका छन् ।

सिमा सुरक्षा र सिमा स्तम्भहरुको संरक्षण र सिमामा हुने अवराधीक गतिवितिहरु नियन्त्रणका लागि सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायवमहानिरीक्षक हरी शंकर बुढाथोकीले बताउनुभयो । उहाँले राज्यले संगठनलाई दिएको सिमा सुरक्षाको जिम्मेवारी गहनरुपमा बहन गर्न पोष्टमा बस्ने प्रहरीलाई निर्देशन समेत दिनुभएको छ ।

डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा नं. ५ परीगाउँ,परशुराम वडा नं. ३ शिर्ष, वडा नं. ७ साँदनीमा यो भन्दा पहिले नै स्थापना भएका थिए भने सोमबार भागेश्वर गाउपालिका वडा नं. १ सेल्टुणामा थप एउटा बोर्डर आउट पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल,नेपाल नं. ५२ गुल्म हेडक्वाटर डडेल्धुराका गुल्मपति सन्तोष भट्टले बताएका छन् ।

उनले भने डडेल्धुरा जिल्लाका विभिन्न क्षेत्रमा ५ वटा विओपी स्थापना गर्ने निर्णय भएको र ४ वटा स्थापना गरी सकेको छौ असोज ७ गते परशुराम नगरपालिका वडा नं ६ तातोपानीमा पाचौँ विओपी स्थापना गर्ने तयारी भईरहेको छ ।

भागेश्वरको सेल्टुणामा बोर्डर आउट पोष्ट स्थापना भएसंगै सिमा क्षेत्रमा बस्ने मानिसहरुको सुरक्षा हुने र सिमा क्षेत्रमा हुने विभिन्न अपराध,भन्सार छली, तस्करी नियन्त्रण तथा राष्ट्रिय सिमाहरुको सुरक्षा हुने भागेश्वर गाउपालिका अध्यक्ष कौशील्ला भट्टको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुस