कृष्ण नेपाली ,कञ्चनपुर असोज १३ । कञ्चनपुरको भीमदत्तनगरपालिका वार्ड न . १ को वार्ड कार्यालयले कञ्चनपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रकाश केसी र वार्ड प्रहरी प्रमुख प्रहरी निरिक्षक मोहन जंग बुढा थापालाई बिशेष सम्मान गरेको छ ।
आफ्नो सेवा अवधिमा ट्राफिक नियम, शुसाशन साथै विध्यार्थी सचेतना तथा कोरोना महामारीमा अहोरात्र खटिएर जनताको शुरक्षा गर्नु भएकोले ट्राफिक प्रहरी प्रमुख र वार्ड प्रहरी कार्यालय प्रमुखलाई सम्मान गरेको हो । आफ्नो सेवा अवधिमा प्रहरीले नमुना काम गरेको हुँदा कामको उच्च मुल्याङ्गकन गरेर दुवै प्रहरी एकाइ प्रमुखलाई सम्मान गरेको भीमदत्त नगरपालिका वार्ड न .१ का वार्ड अध्यक्ष आसेफ कुवँरले बताउनुभयो ।


कञ्चनपुरमा राम्रो काम गर्ने जो कोहि प्रहरीलाई सम्मान गर्ने भन्ने सन्देश दिन खोजेर र कञ्चनपुर आउने प्रहरीको हेर्ने दिष्टिकोण र कञ्चनपुरका जनताले  प्रहरी प्रति हेर्ने दिष्टिकोणलाई सकारात्मक बनाउन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रकाश केसी र वार्ड प्रहरी प्रमुख प्रहरी निरिक्षक मोहन जंग बुढा थापालाई बिशेष सम्मान गरेको वार्ड अध्यक्ष वार्ड अध्यक्ष आसेफ कुवँरले बताए । भीमदत्त नगरपालिकाको पहिलो सम्मान नमुनको रुपमा रहेको अध्यक्ष आसेफ कुवँरले बताए ।सम्मान कार्यक्रममा वार्ड सदस्य तथा वार्डका समाजिक व्यत्तित्वहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुस