बझाङ असोज १३ । असोज ७ गते बझाङको मष्टा गाउँपालिका २ खिकालामा बलात्कार पछि हत्या गरिएकि बालिका सम्झना कामीका हत्या काण्डका नाईकेलाई बझाङ प्रहरीले सार्वजनिक गरेको छ । बझाङ प्रहरीले चालेको अप्रेसनले बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीका हत्या आरोपीलाई प्रहरीले छिटै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

बलात्कार हत्या आरोपमा संलग्‍न रहेको भन्दै प्रहरीले मष्टा गाउँपालिका २ का राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेरिएको छ । ७ असोजमा मष्टा गाउँपालिका २ खिकालाकी सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो ।

गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव स्थानीय सिममन्दिरभित्र अर्धनग्‍न अवस्थामा फेला परेको थियो ।साथै राजेन्द्र बोहरा विरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको छ । सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको जाहेरी परेको परे‍को जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुस