लाल ब. एसके  , कञ्चनपुरको लालझाडी गाँउपालिकाले काठे पुल विस्थापित गरि पक्की पुल निर्माण कार्य अघि बढाएको छ । विकासबाट उपेक्षित लालझाडी गाउँपालिका क्षेत्रमा रहेका नदी खोलामा यस अघि निर्माण भएका काठे पुल विस्तापित गरि पक्की पुल निर्माण कार्य अघि बढाएको छ । चालु आर्थिक बर्ष २०७७÷०७८ मा गाँउपालिकाले तीन खोलामा पक्की पुल निर्माण कार्य अघि बढाएको छ ।

 

गाँउपालिका प्रमुख मदन सेन बडायकले चुनावका बेला जनतासंग गरेको प्रतिबद्धता बाचा अनुरुप गाउँपालिकाले विकासका पूर्वाधारका कार्यक्रम अघि बढाएको बताए । ‘हामीले चुनावमा जनतासंग गरेका बाचा पुरा गर्न संघारमा छौँ, ‘अध्यक्ष बडायकले भने, ‘मानिसलाई दैनिक कार्यका लागि पूर्वाधार अनिवार्य हुन्छ, त्यही भएर चालु आर्थिक बर्षमा गाँपालिका क्षेत्रका भित्रि गाँउ जोड्नका लागि पुल निर्माण कार्य अघि बढाएका छौँ ।’ अध्यक्ष बडायकका अनुसार गाँउपालिका केन्द्रं शंकरपुरदेखि १ नम्बर वडा जोडने् नौरङगा र सुख्खडघाटमा दुई स्लेभ कल्र्भट निर्माण कार्य अघि बढिसेको बताए । उनका अनुसार दुवै कल्र्भट निर्मणाका लागि ५५ लाख बजेट रहेको छ ।

 

‘दुवै कल्र्भको कार्य अघि बढिसकेको छ, ‘गाँउपालिका प्रमुख बडायकले भने, ‘पक्की पुल नहुँदा जनताले परम्परागत काठे पुल प्रयोग गरिहेका थिए ।’ छोटो समयमै काठे पुल भत्किदा नागरिकलाई आवत जावतमा कठिनाई भोक्नु परेको थियो । बुधबार लालझाडी गाँउपालिका शंकरपुरदेखि नन्दगाउँ जोड्ने खरा नालामा समेत पक्की पुलको शिलान्यास गरिएको छ । गाँउपालिका प्रमुख मदन सेन बडायक आफैले उक्त पुलको शिलान्यास गर्दै विकासको पूर्वाधार थपिएको बताए । लालझाडी गाँउपालिका प्रमुख सत्यादेवी महराले चुनावका बेला जनतासंग गरेको गरेका बाचा पुरा गरिन लागेको बताईन् । ‘हामीले उतिबेला जनतासंग विकास दिन्छौँ, भनेका थिए, ‘उनले भनिन, ‘अहिले पुरा गरिरहेका छौँ ।’ खर्रा नालामा एक स्पान सहित २५ मिटरको मोटेरेबल पुल निर्माण हुने छ ।

 

हिमसगरमाथा ÷प्रेम डेभलपर्स ग्रुप जेभीले ३ करोड ९३ लाख, ८६ हजार, ५ सय ५३ रुपैया बजेटमा निर्माणका लागि जिम्मा पाएको छ । १३ असार ०७७ मा सम्झौता भई १३ भदौँ ०७८ मा सम्पन्न गरिसक्नुपर्ने छ । कुल ६ वडा रहेको गाँउपालिका भित्रका आन्तरिक नदी तथा खोला नालामा पक्की पुल निर्माण कार्य तिव्र रुपमा अघि बढेपनि अन्य स्थानीय तहसंग गाँउपालिका जोड्ने दोदा नदीमा तीन पुल निर्माण कार्य ढिलासुस्ती अलपत्र परेका छन् । स्थानीयले आन्तरिक गाँउ जोड्ने खोला नालामा काठेपुल विस्थापन गरि गाँउपालिकाले पक्की पुल निर्माण कार्यबाट यातायातका साथै अन्य कार्यका लागि सहज हुने बताएका छन् ।

प्रतिक्रिया दिनुस