खडक बहादुर कोली ,कञ्चनपुर ,असोज १५ । कञ्चनपुरमा राँगाको मासु खाँदा भीमदत्त नगरपालिका वार्ड न. १३ सोनापुर टोलका बिरामी भएका छन् । भीमदत्त नगरपालिकाका स्थानीय बममोलाले काटेको राँगाको मासु खाँदा १५ जना बिरामी भएको बताउनु भएको छ । स्थानीय बिनोद लुहारले आफू सहित १५ जना बिरामी भएको बताए । सोनापुर टोलका महिला, बालबालिका, बृद्धबृद्धा, पुरुष बिरामी रहेका छन ।
बुधबार बेलुका राँगाको मासु खाएको आज बिहान ३÷४ बजेतिर पखाला, ज्वरो आउन थालेपछि अस्पताल उपचार गर्न आएको विनोदले बताए । १४ जनाको महाकाली अस्पतालमा उपचार भईरहेको छ, भने १ जना निजी अस्पतालमा उपचार गरी घर फर्केका छन् । अस्वस्थ राँगाको मासु भएकोले स्थानीय बिरामी भएको विनोदले बताउनु भएको छ । राँगा धनी प्रहरी नियन्त्रणमा रहेका छन ।

प्रतिक्रिया दिनुस