भारत कालापानीमा सेनाको थाप्दैछ ।
नेपाल कालापानी सहितको नयाँ नक्सा छाप्दैछ ।
वा क्या गजव राष्ट्रियता ?

भारत कालापानीमा पक्की बाटोमा मोटर गुमाउदैछ ।
नेपाल बल्ल बल्ल गोरेटो बाटोको ट्रयाक खोल्दैछ ।
वा क्या गजव राष्ट्रियता ?

भारत कालापानी ,लिपुलेक नेपाली जान राक्दैछ ।
नेपाल लिपुलेक सहितको नक्सा छापेको किताब बाढ्न राक्दैछ ।

वा क्या गजव राष्ट्रियता ?

भारत कालापानीमा गोर्खा सेना तारानाथ गर्दै छ ।
नेपाल छाङरुमा सशस्त्र प्रहरीको व्यारेक उद्घाटन गर्दै छ ।
वा क्या गजव राष्ट्रियता ?

भारत कालापानीमा नक्कली काली नदी खडा गर्दै छ ।
नेपाल कालापानी बारे बोल्नेहरुका बिरुद्ध नेपाल प्रहरी खडा गर्दै छ ।
वा क्या गजव राष्ट्रियता ?

भारत कालापानी कब्जा गर्ने दाउमा पुराना एम्बुलेन्स नेपाललाई हस्तान्तरण गर्दै छ ।
नेपाल मित्र राष्ट भारतको सहयोग भन्दै हात थप्दैछ ।
वा क्या गजव राष्ट्रियता ?

लेखक धनन्जय अवस्थी हाम्रो कालापानी खवर अनलाईन प्रत्रिका प्रकाशक सम्पादक हुन ।

प्रतिक्रिया दिनुस