बैतडी, असोज, १८ । बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको बन्द १९ गतेबाट खुल्ने भएको छ । आईतबार उप प्रमुख जानकी ऐर (बम)को अध्यक्षतामा आकस्मिक बसेको बैठकले बन्दका कारण जनजिवन प्रभावित र कष्टकर बनेको भन्दै प्रभावित जनजिवन सहज बनाउन १९ गते सोमबार देखि सरकारी कार्यालय ,बजार व्यवसाय लगायत बैक,वित्तिय संघ संस्थाहरु कोभिट १९को शुरक्षा मापदण्डको पालन गर्ने गराउने गरेर नगरपालिका क्षेत्रको शिल खोल्ने निर्णय गरिएको छ ।

सरकारी कार्यालय ,बजार व्यवसाय लगायत बैक,संघ संस्थाहरु खोल्ने निर्णय गरे पनि शिक्षण संस्था भने तत्काल नखोल्ने निणर्य गरिएको शिक्षा शाखा प्रमुख दिनेश नागारीले जानकारी दिनुभयो ।

भारतको बैंग्लोरबाट फर्किएका पुर्चौडी नगरपालिका ३ का २९ बर्षीय पुरुष घर पुग्नै लाग्दा ९ गते शुक्रबार स्थानीय लामाधारमा मृत फेला परेका थिए ।

मृत भेट्टिएका ती पुरुषको कोरोना परीक्षणमा कोरोना पुष्टि भएका थियो । कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गरि स्वाब संकलन गरि परीक्षण गर्ने पुचौडी नगरपालिका क्षेत्र पुर्ण रुपमा शिल गरिएको थियो ।

प्रतिक्रिया दिनुस