विकास सिह महता, कञ्चनपुर, अजोज, १८ । कञ्चनपुरका बिभिन्न निजी विद्यालय(बोडिङ्ग स्कुल)मा कार्यरत शिक्षकले तलबको माग राख्दै बिरोध प्रर्दशन गरेका छन् । आइतबार तलबको माग राख्दै महेनद्रनगरमा बिरोध प्रर्दशन गरेका हुन । निजि क्षेत्रमा काम गर्ने शिक्षक तलबको माग राख्दै आन्दोलन गरिएको निजी विद्यालयको शिक्षक संगठन संस्थागत विद्यालय शिक्षक यूनियनका सचिव शंकर जोशीले बताए ।

उनका अनुसार भाँसीदेखि विभिन्न सरकारी कार्यालय बजार हुँदै मदनचोकमा कोण सभा गरेर समापन गरिएको छ । संस्थागत विद्यालय शिक्षक यूनियन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष माधवराज पन्तले निजी विद्यालयले श्रम शोषण गरेर कोरोना महामारीका बेला तलब नदिएकाले बाध्य भएर बिरोध प्रर्दशन गरिएको बताए । संस्थागत विद्यालय शिक्षक यूनियन सुदूरपश्चिम प्रदेश सदस्य धनन्यज जोशीले माग पुरा नभएसम्मका लागि आन्दोलन जारी राख्ने बताए ।

कञ्चनपुरका विद्यार्थी नेता नरेन्द्र भाटले कोरोना लगायतका कारण देखाएर शिक्षकलाई मारमा पार्न नहुने बताउदै पारिश्रमिक दिनुपर्नेमा जोडदिए । उनले कुनैपनि बहानाबाजी नगरि शिक्षकलाई तलब दिनुपर्नेमा सुझाव दिए । निजी विद्यालयका शिक्षकले सरोकारवाला पक्ष नै मालिकको पक्षपोषणमा लागेकाले आफुहरु मारमा परेको बताएका छन् ।

प्रतिक्रिया दिनुस