काठमान्डौ, असोज १८ । लकडाउनको अवधिमा बन्द रहेका केहि निजि शिक्षण संस्था तथा कलेजहरुले अनलाइन कक्षाको शुल्क बुझाउन अविभावकलाई दवाव दिईरहेका छन । काठमान्डौ रहेकोे टेक्सास कलेजले अनलाइन कक्षाको बहानामा शुल्क तिर्न अविभावकलाई दवाव दिएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले कडा चेतावनी .दिएको छ ।

अखिल क्रान्तिकारीले काठमान्डौको मित्रपार्कमाा रहेको टेक्सास कलेजको गेटमा आज सांकेतिक विरोध कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी)ले टेक्सास कलेजबाट कोभिड –१९को मार खेपेर बसिरहेका जनताका छोराछोरीहरुलाई शुल्कको नाममा ताकेता नगर्न खवरदारी गरेको छ । अझै कलेजहरुले यस्ता हरकत गरे अखिल (क्रान्तिकारी) चुप लागेर नवस्ने र कडा कारवाहीमा उत्रने चेतावनी समेत दिएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हिक्मत महरा ,खेमराज पोखरेल रमेश खनाल लगायका बिध्यार्थी नेताहरुको उपस्थिति रहृको थियो । विरोध कार्यक्रम नारा जुलुसका साथ थालनी गर्दै सम्वोधन पछि पुनः नारा जुलुस गर्दै समापन गरीएको थियो ।

प्रतिक्रिया दिनुस