No description available.

कञ्चनपुर २५, असोज–कञ्चनपुरमा हात्तीको जन्मदिन मनाइएको छ। जिल्लाको कृष्णपुर नगरपालिका स्थित जनहितमहाकाली सामुदायिक वन उपभोक्ता समूहले आइतबार जंगली हात्तीको जन्मदिन मनाएको हो।

असोज २२ गते वडा नम्बर २ स्थित सामुदायिक वनमा हात्तीले नयाँ छावा पाएको अवसर पारी सामुदायिक वनले २५ गते हात्तीको जन्मदिन मनाइएको जनाएको छ। सामुदायिक वनका अध्यक्ष एवं कार्यक्रमका सभापति शिवदत्त पन्तले जङ्गली हात्तीले छावा पाएपछि आज एक कार्यक्रमका साथ जन्म दिन मनाइएको जानकारी दिए।

जिल्ला वन कार्यालयका प्रमुख अजय विक्रम मानान्धरले जङ्गली जनावरको संरक्षणमा समुदायका व्यक्तिहरू लाग्नुपर्नेमा जोड दिए। उसो त जङ्गली हात्तीले समुदायमा आतङ्क सृजना गर्ने गरेता पनि संरक्षण गरी  जङ्गली जनावर हात्तीबाट जोगिनुपर्नेमा सुदूरपश्चिम प्रदेश सभाषद महेश दत्त जोशीले जोड दिए। उनले जाड रक्सी सेवन गरेका व्यक्तिहरूले विशेष सतर्कता अपनाउनु पर्ने बताए।

 

‘जङ्गली हात्तीले जाँड रक्सी पिएका व्यक्तिलाई आक्रमण गर्न खोज्छ, उनले भने–सर्तकर्ता अपनाउनु प¥यो।’ उनले असोज २२ गते लाई नै सामुदायिक वनले हात्तीको जन्मदिन मनाउनुपर्ने सुझाव दिए। कार्यक्रममा कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले पनि हात्तीले छावा पाएको दिलाइ नै आगामी वर्षमा जन्मदिनका रूपमा मनाउन सुझाव दिए।

 

सामुदायिक वनले उपयुक्त सुझाव सङ्कलन गरी आगामी वर्षमा जन्मदिनका रूपमा मनाइने जनाएको छ।

No description available.

 

 

प्रतिक्रिया दिनुस