कोरोना कहरकै मौका छोपी महेन्द्रनगरका केही तरकारी व्यवसायीले प्याजको चर्को मुल्य मात्र नभई नाङगो कालोबजारी गरिरहेका छन् । कृत्रिम अभाव सृर्जना गरि प्याज नभएको भन्दै उनीहरुले गोदाममा थन्क्याएर राखेको प्याज राती राती एक एक बोरा ल्याएर मात्रै बेचिरहेका छन् । तरकारी बिक्रि गर्ने व्यवसायीले महेन्द्रनगरका केही व्यवसायीलाई नै छलीरहेका छन् । प्याज अभाव देखाएर उपभोक्ताबाट चर्को रकम अशुलीरहेका छन् । दिउँसो प्याज छैन भन्ने राती राती प्याज बिक्रि गरिरहेको उपभोक्ताले गुनासो गरेका छन् ।

 

महेन्द्रनगरका होटल व्यवसायी मदन नाथले दिउँसो प्याज खरिदका लागि स्टापलाई गल्ली नम्बर ४ मा रहेको एक व्यवसायी कहाँ पठाएको बताए । ‘दिउँसो प्याज छैन भनेर हाम्रा स्टापलाई फिर्ता पठाईयो, रातीराती एक गोदामबाट प्याज बोकेर पसलमा राखिरहेका छन् ।’ प्याज सहितको तरकारीमा कालो बजारी गर्ने व्यवसायीले पसलमा बोर्ड नाम समेत नराखेर कालो धन्दा चलाएपनि प्रहरीले उनीहरुलाई संरक्षण गरेको उपभोक्ताको गुनासो छ । तरकारी व्यवसायका नाममा तस्करी, गलत, ठगिधन्दा गर्ने भएकाले उनीहरुले साईनबोर्ड समेत नराखेर कारोबार गरिरहेका छन् । बढिमा ३०रुपैया किलो पाईने प्याज २सयसम्म रकम अशुलीरहेका छन् ।

 

सबै गोदाममा प्याज राखेर दशैँको मुखमा कृत्रिम अभाव गरेर अकुत सम्पत्ती कमाउने दाउमा रहेका धन्दावाला व्यवसायीलाई कार्बाहीको माग अघि सारिएको छ । तरकारी बिक्रेता व्यवसायीले भने सबैलाई प्याज दिईरहेको कालोबजारी नगरेको दावि गरेपनि उनीहरुले प्याजमा मात्र नभई तरकारीको मुल्य समेत मनपरी बृद्धि गर्दै आएका छन् । कञ्चपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले कालोबजारी गर्ने जुनसुकै व्यवसायीलाई पनि कार्बाही गर्नुपर्ने बताए । ‘इमान्दारितापुर्वक काम गर्ने व्यवसायीको हकहितका लागि पहल गछौँ, ‘उनले भने, ‘गलत र गैर कानुनी काम गर्ने व्यवसायीलाई कार्बाही गरेहुन्छ ।’ अनुगमनको जिम्मेबारी पाएका सम्बन्धीत निकायको उदाशिनताका कारण बजारमा कालोबजारी बढेको बताए । तिहारका बेला मात्रै अनुगमन गर्ने परम्परा तोडेर जुनसुकै समयमा समेत अनुगमन गर्नुपर्ने उनको तर्क छ । स्थानीय सरकार भीमदत्त नगरपालिकाले कालोबजारी गर्नेमाथि कार्बाही गरिने जनाउँदै संयुक्त बजार अनुगमन गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुस