Image may contain: 1 person, standing

कञ्चनपुर २९, असोज–प्रतिनिधि सभा सांसद निरुदेवी पाललाई कोरोना संक्रमण पुष्टि भएको छ। पालले मंगलबार फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जाहेर गराएकी हुन्। उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छन्

‘मलाई पनि कोरोना ले छोडेन। कसरी लाग्यो थाहा भएन। रुघाखोकी, हल्का जोरो, सासफेर्न गारो र जिउ मर्नेगरी दुखेपछि परिक्षणका लागि स्वाब दिदा पोजिटिभ देखियो, तर म यति छिट्टै हार खादिन म यति छिठ्टै यो संसार बाट बिदा हुन्न अझ धेरै काम गर्न बाकि छ ।

बलात्कारीका लागी कडा कानुन बनाउन बाँकी नै छ। कंचनपुरका विकास निर्माणका धेरै काम बाकीँ नै छन् । समतामूलक समाज निर्माणको अभियान पुरा भएको छैन । महिला समितिले मेरै नेतृत्वमा गर्नुपर्ने काम धेरै बाकीँ छन् । अझ मैले धेरै काम पुरा गर्नु छ ।  त्यसैले मलाई विश्वास छ, म कोरोना जितेर छिट्टै काममा फर्किने छु । मेरा शुभचिन्तक ज्यु हरुलाई नआत्तीनु होला भन्न चाहान्छु । साथै यो बिचमा मेरो सम्पर्कमा म संग भेट्हुनु भएका महानुभावहरुले सावधानी अपनाउन हुन बिनम्रता पुर्बक अनुरोध छ।’

उनले आफुलाइलाइ कोरोना संक्रमण पुष्टि भएको जाहेर मात्र गराइनन्। बलात्कारीका लागी समेत कडा कानुन बनाउन बाँकी नै रहको उल्लेख गरेकी छन्।

उसो त सांसद पाललाइ महिला माथी हुने दुव्र्यवहार र महिलाले अपनाउनु पर्ने सजकताका विषयमा जानकारी नभएको होइन्। तर कोरोना निको भएपछि भने उनले नियमीत काममा फर्कीइ यस विषयमा अगाडी बढ्ने जानकारी समेत दिएकी छन्।

प्रतिक्रिया दिनुस