यति फरक किन छ ?
यो संसारको रीत
यति अलग किन छ  ?
यो समाजको सोंच
यति दोग्लो किन छ ?
नारी प्रतिको दृष्टिकोण
किन यति बिघ्न विभेद ?
दुर्गा,कालि,चण्डिको
गर्भिलो ईतिहास माथि
गर्भमै किन मारिन्छन ?
नारी भुर्णहरु
जन्मिनु पुर्व नै
सृष्टिचक्रको बर्खिलाप
जन्म हाले पनि
किन थोपारिन्छ ?
घरेलु भेदभाव
जन्मेको भोलि पल्ट देखि नै
छोरा भएको घरमा
छैटीको तामझाम बेग्लै
छोरी भएको आँगनको
चित्कार बेग्लै
न्वारन देखि मृत्यु सम्मका
आचार संहिता समेत बेग्लै
शरीरमा रगत भरिन पाएको हुँदैन
चिथोर्न कोपर्न सुरु भै हाल्छ
बाहिरिया आँखाहरु द्वारा
टोक्न सुरु भै हाल्छ
बन्द दिवार भित्रका
थुतुनोहरु द्वारा
झन,
चोटिलो छ
शारीरिक विकास
र बनोट पीडा
के नारी रहर लागेर महिनाबारी हुन्छे ? 
त्यो त नारी शरिरको
एक प्रणाली हो
छोइछिटो भैदिन्छ
त्यै प्रणाली
त्यै प्रजनन प्रक्रिया
खेदिन्छ छाउगोठमा
धर्म संस्कारका नाममा
रितीथितीका नाममा
भनिन्छ पूर्व जुनिको पाप हो रे !
कुन जुनिको
कस्तो पापरु
यी सब बाहाना हुन
पुरुष अहंकारवादका एकपटक,
सृष्टीको नियम पढ्ने कि ?
हैन भने आफ्नै जन्मकुण्डली
पढे पनि हुन्छ
जुन रगतको ढिको बाट
जुन रगतको थोपाबाट
हाम्रो उत्पत्ति भयो
जसले यो सृष्टि
यो प्रकृति चलेको छ
त्यहीँ सृष्टिका केही
अनाम ब्वाँसाहरुद्वारा
दोष थुपारिन्छ
हिजो,आज र भोलिका
आमाहरूको थाप्लोमा
जसले हिजो मात्रै
लुकी छिपी
रक्तमुच्छेल बनाए
एउटी नाबालिक अनामिकालाई
रगतको तालमा डुबाए रातो रात
उसको के नै दोष थियो र ?
उ बलात्कृत हुनुमा
त्यस माथि
जातीय रंगभेद रङ्ग उस्तै
रगत त रातै थियो
नाबालिक दलित योनि
च्यातिएर लुगाभरी लतपत्तिएका
टाँटाहरु हेर्दा
कि फरक थियो महोदयरु
हवस चाहिँ
दलित नहुने ?
जात चाहिँ दलित हुने ?
जवानी चाहिँ दलित नहुने ?
पानी चाहिँ दलित हुने ?
वा ? क्या गजबको कानुन
क्या गजबको न्याय
अन्ततस् श्वासै छिनियो
उज्यालो हुँदा हुँदा नहुँदै
स्त्रीलिङ्ग हुनुकै कारण
तिमीले थोपरेको
निचो जाती भै दिनुको कारणले
कति निर्दही तिम्रो
पुरुष मनोविज्ञान
क्रुर मनोविज्ञान
फेरि पनि
दासी वर्ण
दोषी आइमाई।
दोषी आइमाई।।
सानू जोशी
महेन्द्रनगर कञ्चनपुर

प्रतिक्रिया दिनुस