धनगडी, कार्तिक, २ । कैलाली जुगेडामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत शनिबार साँझदेखि वेपत्ता भएका २ जना प्रहरीको खोजीकार्य गर्दा सहायक निरिक्षक गोपिन्द बिक मोहना नदी किनारमा मृत भेटिए छन ।

बिकसँगै शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात रहेको छ ।

प्रहरी निरिक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि वेपत्ता भएका हुन् धनगढीको मोहना नदी किनारमा मृत भेटिएका प्रहरी सहायक निरिक्षक गोपिन्द बिकको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा बिकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको निष्कर्ष निकालेको हो।प्रहरी वरिष्ठ उपरिक्षक सिहले बिकको घाँटीको चोट हेर्दा धारिलो हतियार प्रयोग भएको देखिएकाले अपराधिक समूहले हत्या गरी फालेको हुनसक्ने अनुसन्धानमा रहेका प्रहरीले जनाएका छन ।

बिकसँगै शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात रहेकाले अनुसन्धानपछि मात्र बाँकी कुरा खुल्ने अनुसन्धानमा रहेका प्रहरीले जनाएका छन।

अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक ९असई० बिक र प्रहरी जवान साउँद नियमित गस्तीमा गएका बेला शनिबार साँझदेखि वेपत्ता भएका थिए ।बिकको शव मोहना नदी किनारमा भेटिएपनि प्रहरी जवान साउँदको अवस्था अज्ञात रहेको छ ।

प्रहरी निरिक्षक बिकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुस