पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका अभियुक्त मानसिंह खुना

कञ्चनपुरमा भाउजूलाई खोलामा चोपेर मारेको खुल्नमा आएको छ। अनुसन्धानका क्रममा जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का मानसिंह खुनाले १५ मिनेट भाउजू काली देवी खुनाको खोलामा घाटी च्यापेर मारेको खुल्नमा आएको कञ्चनपुर प्रहरीले जनाएको हो।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले असोज २७ गते बलात्कार पछि हत्या गरिएको भनिएकी ३५ वर्षीय काली देवी खुनाको गाउकै सुनबरा खोलामा माछा मार्न गएको मौका छोपी देवरले १५–२० मिनेट खोलामा घाटी चेप्दा मृत्यु भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी अमर बहादुर थापाले २४ वर्षीय भतिजा खुनाले हत्या गरेको अनुसन्धानका क्रममा खुल्नमा आएको बताए। खुनालाइ पक्राउ गरी अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुस