कञ्चनपुर २, कार्तिक-कञ्चनपुरमा लागु औषध सहित चार जना पक्राउ परेका छन्। भारतबाट लुकाइ छिपाइ नेपाल भित्¥याइरहेको अवस्थामा जिल्लाको पुर्नवास नगरपालिका बाट ४४ ग्राम खेरौ हिरोइन सहित चार जना पक्राउ परेका हुन्।
आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलनको आयोजना गर्दे पुर्नवास नगरपालिका – ४ घ गाउँ घर भएका २८ वर्षीय दिनेश भट्ट, बेलौरी नगरपालिका वडा नम्बर १ पटैयाका २८ वर्षीय रमेश रावत, सोही ठाउँका २८ वर्षीय गगन शाही र २७ वर्षीय रोशन शाहीलाई सार्वजनिक गरेको हो।
उनीहरूको साथबाट दुई मोटरसाइकल पनि नियन्त्रणमा लिई थप कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरी प्रवक्ता एवं डिएसपी अमर बहादुर थापाले बताए।
प्रतिक्रिया दिनुस