पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड९१९)  को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित मध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन् ।

त्यस्तै कैलालीका २७ र कञ्चनपुरका ११ जना सहित सुदूरपश्चिममा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ सय ६४ जनाको परीक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर १ का ६ जना, वडा नम्बर ३ का ३ जना, वडा नम्बर ५ र ६ का २÷२ जना, वडा नम्बर २ का १ जना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै बर्दगोरी गाउँपालिका–२ र घोडाघोडी नगरपालिका–२ का एक एकजना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका ४÷४ जना, बेल्डाडी गाउँपालिका–४ का २ जना र शुक्लाफाटा नगरपालिका–९ का १ जनामा संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुस