यार्सागुम्बा बरामद
दार्चुलामा प्रहरीले डेढ करोड बढिको अवैध यार्चागुम्बा बरामद गरेको छ। आइतबार महाकाली नगरपालिका–४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपियाँ मूल्य बराबरको अवैध जडीबुटी यार्चागुम्बा बरामद गरेको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार १७ किलो ५ सय १० ग्राम अवैध जडीबुटी बरामद गरिएको छ। यार्चागुम्बासँगै हुम्ला नाम्खा गाउँपालिका–३ का ३५ वर्षीय दोकार लामा पनि पक्राउ परेका छन्। उनले १० किलोको पुर्जी लिएर साढे १७ किलो यार्चागुम्बा तस्करी गरेको दार्चुलाका प्रहरी प्रमुख पदम विष्टले जानकारी दिए।
बरामद यार्चागुम्बासहित उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुस