कञ्चनपुर ३, कार्तिक–कञ्चनपुरमा एकीकृत सुरक्षा योजना लागु भएको छ। नेपालीहरूको महान् चाड विजया दशमी, तिहार र छठ पर्वलाई लक्षित गर्दे सुरक्षा सतर्कता बढाइएको कञ्चनपुर प्रहरीले जनाएको हो।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दैनिक ६६ स्थानमा आश्चर्य डेटिङ लागु गर्दे प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगबाट सुरक्षा अधिकारी परिचालन भएको जनाएको छ। कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले चाड वार्डका बेला हुनसक्ने सम्भावित घटना रोकथामका लागि सुरक्षा योजना अघि सारेको बताए।
यस वर्ष कोरोना कहरसँगै नागरिकको जिउधनको सुरक्षाका लागि थप सुरक्षा योजना लागुगरीएको उनले बताए। कञ्चनपुरमा सीमा क्षेत्रदेखि गाउँ, सहर, बस्ती टोल टोलसम्म सुरक्षाकर्मी परिचालन गरिएका छन्। संयुक्त सुरक्षा योजना कार्यान्वयन गरेर नागरिकको सुरक्षा गरिरहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक मरासिनीले बताए। उनले  हालसम्म तीन सय सवारी साधनलाई कारबाहीको दायरमा समेत ल्याइएको जानकारी दिए। जस बाट २ लाख बराबरको राजश्व समेत सङ्कलन गरिएको उनले बताए।
उनले चार्ड पर्वका बेला लागु औषध, जुवा तास समेत नियन्त्रणमा ल्याइने बताए। सार्वजनिक मठमन्दिरमा अनावश्यक भिडभाड रोकिने छ, मदिरा सेवन गरेर होहल्ला गर्ने, जुवा तास खेल्ने, खेलाउने र गैर कानुनी गतिविधि गर्नेमाथि कारबाही गरिने उनले बताए। उनले यस वर्ष कोरोना कहरसँगै संयमित भएर दसैँ, तिहार मनाउन उनले आग्रह गरे। मदिरा सेवनका कारण सवारी हाँक्ने प्रवृत्ति रोक्नका लागि राजमार्ग सहितका स्थानमा दिनमा तीन पटक चेक जाँच गरिने छ।
प्रतिक्रिया दिनुस