तस्करका अवैध समान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट चोरी तस्करी गरि नेपाल भित्र्राउँदै गर्दा सशस्त्र प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रबाट अवैध समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वाटर शैलेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायब निरिक्षक त्रिभुवन विष्ट नेतृत्वको सशस्त्र प्रहरीको टोलीले अवैध व्यवसायिक समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल ३५ नम्बर हेक्वाटरका अनुसार सशस्त्र प्रहरी नायब निरीक्षक विष्ट नेतृत्वको टोलीले भन्सार चोरी छली ल्याउदै गरेको लेडिज सुट, प्लाष्टिकको धागो, बिडी, मोटरसाईकल सहित २ लाख ४१ हजार ३सय ५ ० रुयैया बराबरको अवैध समान बरामद गरि गड्डाचौकी भन्सार बुझाईएको छ । यसका साथै बिओपी दोदाले समेत बरमद गरेको मदिरा जनप्रतिनिधी लगायत सरोकारवालाको उपस्थितिमा नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुस