सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले यस पटकको दसैँ भत्ता नलिने भएका छन्। कोरोना महामारीका बिच मुलुकको अर्थतन्त्रमा पुगेको क्षतिलाई बिचार पु¥याउदै दसैँ भत्ता बापतको ६३ हजार रकम नलिने मन्त्री सुवेदीले जनाएका हुन्।
तर खातामा जम्मा भइसकेको उक्त  रकमलाई फिर्ता लिन समेत लेखा लाई निर्देशन दिइएको उनले जानकारी दिए। कोरोना सङ्कटको बेला दसैँ खर्च बापतको रकम अन्य सुरक्षा र स्वास्थ्य सामाग्री खरिद गर्नको लागी फिर्ता गरिएको मन्त्री सुबेदीले बताए।
यस अघि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि राज्यले दिने दसैँ खर्च नलिने बताई सकेका छन्।
प्रतिक्रिया दिनुस