काठमाडौं,कात्तिक, ६। बुधबार नेपाल आएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्तकुमार गोयल बिहिबार बिहान २२ घण्टा पछि नेपालको राजनीतिमा हलचल मच्चाएर दिल्ली फर्किएका छन् ।

नेपाल आएका गोयलले क–कसलाई भेटे भन्नेबारे सरकारले सम्पूर्ण सूचना गोप्य राखेको छ ।भारतीय गुप्तचर प्रमुख गोयलको टोली विहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखा परेकाले दिल्ली फर्किएको प्रमाणित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतका अनुसार आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट उनीहरु स्वदेश फर्किएका छन् ।

सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु गुप्तचर प्रमुखको भ्रमणबारे अन्योलमा छन् । कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले पत्रपत्रिका पढेर भारतीय गुप्तचरको भ्रमणबारे थाहा पाएके बताएका छन ।भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्त कुमार गोयल किन नेपाल आए भन्नेबारे सरकारले गोप्य सूचना राखेपछि कुटनिटिक क्षेत्रको धज्जी उडाएको छ ।अनलाइन खवरबाट

प्रतिक्रिया दिनुस