पहिलाद राना

कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ, तिहार एव छठका अवसरमा शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले दशैँ, तिहार एव छठका अवसरमा वन सुरक्षाका लागि स्वास्थ्य सुरक्षामा जोड दिएको छ ।

 

लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगका अध्यक्ष अमर रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्तममा लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायक प्रमुख अतिथि रहेका थिए । बिरिष्ठ अतिथिमा एनएनएसडब्लूएका प्रतिनिधी रोशन चौधरी, बन रक्षक राजेश चौधरी र ईप्रका प्रमुख तिलक ब. सिह रहेका थिए । उद्योगका सदस्य द्रोपति बोहराको स्वागत मन्तव्य राख्नुभएकोमा कार्यक्रम संचालन सचिव तेजराज तिरुवाले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी, नागरिक समाज, विभिन्न सामुदायिक वनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस