कृष्ण नेपाली ,
कञ्चनपुर, कात्तिक ,७ । विदेशमा रहेका नेपाली युवाहरुले दशैँ तिहारकालागि कञ्चनपुरको महेन्द्रनगरमा रहेको अनाथालयमा ठुलो परिमाणमा खाद्यान्न, फलफुल, नगद सहयोग गरेका छन् । गैर आवासी नेपाल संघ जापान (क्यूस्यु क्षेत्रीय कमिटिले) भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको महाकाली बाल अनाथालयमा सहयोग गरेको हो । दशैँ खर्च कटाएर उनीहरुले अनाथ बालबालिकालाई सहयोग गरेको छ ।

गैर आवासी नेपाल संघ जापान (क्यूस्यु क्षेत्रीय कमिटि)का संयोजक देवराज रेग्मी, उप संयोजकद्वय मोहन सिह मडै, संचिन नेमाङ्ग लगायतले भृकुटी माध्यामिक विद्यालयका प्रअ केशर सिह महरासंग समन्वयन गरेर पठाएको समाग्री हस्तान्तरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका विच गैर आवासी नेपाल संघ जापान (क्यूस्यु क्षेत्रीय कमिटि)ले पठाएको सहयोग हस्तान्तरण गरिएको छ । संघका तर्फबाट भृकुटी माध्यामिक विद्यालयका प्रअ महरा सहितका शिक्षक, उप संयोजकद्वय मोहन सिह मडैका आफन्तले सहयोग हस्तान्तरण गरेका हुन् । कपडा सहित खाद्यान्न, फलफुल एव मिठाईका साथै दशैँका दिन मासु खानका लागि नगद ५ हजार सहयोग गरिएको छ ।

प्रअ महराका अनुसार ३०थान न्याना लुगा, ८कट्टा चामल, तीन पेटी तेल, २५किलो मिक्स दाल, १पेटी स्याउ, केरा ६ दर्जन चिउरा ६ प्याकेट, १ सेनिटाईजर, ३ दर्जन साबुन, ३०पिस टुथपेस्टब्रस, २किलो मिठाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा महाकाली बाल अनाथालयका कोषाध्यक्ष लवराज भट्ट, भुकुटी माविका प्रअ केशर सिह महरा, शिक्षक जानकी धामी बिरेन्द्र प्रशाद भट्ट, चक्र महरा, लक्ष्मी भट्ट लगयतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस