कात्तिक, ७ । नेकपा पार्टीका दुई नेता ओली र प्रचण्ड समुहबिच कुटा कुट हुदाँ एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकामा बिहीबार भएको झडपमा गम्भीर घाइते भएका नेकपा कार्यकर्ताको उपचारका क्रममा मृत्यु भएको हो ।नेकपा पार्टीको विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको वीरगञ्ज स्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

बिहीबार विन्दवासिनी गाउँपालिकामा आयोजित नेकपा गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा नबोलाएको विषयमा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका थिए ।

घाइतेमध्ये मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो ।अर्का गम्भीर घाईते उत्तम तिवारीको उपचार नारायणी अस्पतालमा भइरहेको छ । उनको अवस्था चिन्ता जनक रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाकारी दिए । उनको पनि टाउकोमै चोट लागेको छ र सघन उपचार कक्षमा उपचार भइरहेको छ ।झडपमा संलग्न रहेको आशंकामा प्रहरीले बिहीबार ८ जनालाई नियन्त्रणमा लिएकोमा तीन जनालाई मात्रै हिरासतमा राखेक़ो छ ।

प्रतिक्रिया दिनुस