काठमाडौं, कार्तिक, ८। नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री ओलीको रअका प्रमुख संगको गोप्य भेटले अर्काे राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिएको बताएका छन ।

क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य किरणले कार्तिक ५ गते राती नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले भारतको खुफिया विभाग रिसर्च एण्ड एनालिसिस विङ्ग का प्रमुखलाई भेट गरेको प्रति देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्दै त्यसको घोर बिरोध र भत्र्सना गर्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन अपील गर्दै एक प्रेस–वक्तव्य प्रकाशित गरिएको छ।

प्रेस–वक्तव्य

यही २०७७ कार्तिक ५ गते राती नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले भारतको खुफिया विभाग रिसर्च एण्ड एनालिसिस विङ्ग का प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर विभिन्न विषयमा छलफल गरेको कुराले हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण गरेको छ । यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएर कुटनीतिक मर्यादाको मात्र होइन राष्ट्रिय स्वाभिमान समेतको खिल्ली उडाएको छ । त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेटने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ । हाम्रो पार्टी यसको घोर बिरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन अपील गर्दछ ।

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)
मितिः २०७७ कार्तिक ७ गते

प्रतिक्रिया दिनुस