कञ्चनपुर, कात्तिक, ८ । कञ्चनपुरको लालझाडी गाउँपालिकाले कञ्चनपुर करागारमा रहेका कैदीबन्दीलाई बडादशैंँ मनाउनका लागि खसी उपलव्ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो ।

कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले बताए ।

दशैंँको समयमा मीठोमसिनो खानका लागि खसी उपलब्ध गराइएको बताउनुभयो । यसैगरी नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गर्नुभएको छ । कञ्चनपर कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुस