कञ्चनपुर कात्तिक १३ । बैतडीको शिबनाथ गाउँपालिका कार्यालयको नाममा दर्ता रहेको ट्रयाक्टर कंचनपुरको शुक्लाफाँटा नगरपालिका कालागौडीमा निजि काम गरेर दुरुपयोग भएको पाइएको छ ।

शिबनाथ गाउँपालिका कार्यालयको नाममा रहेको दर्ता शु प प्र ००२-००१त १३५८ को ट्र्याक्टर शुक्लाफाँटा नगरपालिका वार्ड न. १२ कालागौडीमा माटो बोक्ने काममा प्रयोग भएको छ ।
कसले लगायो निजि काममा माटो बोक्न भन्न बारेमा एकिन नभएको कालागौडीका स्थानिय केशव बहादुर साउँले जानकारी दिनुभयो । स्थानिय तहका सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पटक पटक गुनासो आए पनि गाडीको दुरुपयोग गर्ने काम रोकिएको छैन ।शुक्लाफाँटा नगरपालिका वार्ड न. १२ कालागौडीका स्थानियले सरकारी गाडीको दुरुपयोग गर्नेहरुलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन ।

ट्रयाक्टर नामसारी गर्न महेन्द्रनगर गएको ड्राइभर करन शिह रानाले गाउँपालिका कार्यालयलाई जानकारी नगराई प्रयोग भएको खवर पाएको अध्यक्ष कर्ण शिह साउदले बताए तत्काल ट्रयाक्टर ड्राभरलाई झिकाएर कार्वाहि गर्ने गाउँपालिका अध्यक्ष कर्ण शिह साउदले बताए ।

प्रतिक्रिया दिनुस