कैलाली, कात्तिक १४ । भारतीय नागरिकलाई जालसाँची गरेर बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ वडाध्यक्ष पक्राउ परेका छन् ।भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने वार्ड नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको बताए ।

उनका अनुसार चौधरीले नक्कली बुवा बनेर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए ।अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानिय निर्वाचनबाट वडाध्यक्ष जोशी नेपाली काँग्रेसबाट विजयी हुन् । जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिनेश खवरबाट

प्रतिक्रिया दिनुस