कञ्चनपुर, कात्तिक, १४।  कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले नेत्रविक्रम चन्द अध्यक्ष रहेको नेकपा पार्टी कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव तथा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य संकर महरालाई पक्राउ गरेको छ ।
जबर्जस्ती चन्दा र विभिन्न घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय संकर सिंह महरालाई महेन्द्रनगरको गोवरैयााबाट पक्राउ गरेको हो ।भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

बैतडी कटौजपानी गाँउपालिका २ सिल्लेगढा घरभै हाल महरा कञ्चनपुरको भीमदत्त नगरपालिका १८ गोबरैयामा बस्दै आएका महराले बिभिन्न राजनितिक पार्टी संगठनकागतिबिधीमा संलग्न रहेकोे प्रहरीको आरोप रहेको छ । अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य संकर शिह महरा लाई पक्राउ गरेको भन्दै समाजिक सञ्जालमा सरकारको चर्को बिरोध जनाउदै तत्काल रिहाइको जोडदार माग गरिएको छ ।

प्रतिक्रिया दिनुस