चिनको वुहान सहरमा गत वर्ष जन्मिएको कोरोना अर्थात covid 19 भाइरसले विश्वका लगभग ११८ देशहरुमा असर पुर्याएको छ । अहिले विश्वभर थप ५ करोड बढीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । वोर्ल्डो मिटरको अध्यावधिक विवरणअनुसार थप ५ लाख १ हजार ६ सय १ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४७ लाख ३८ हजार नाघेको छ । कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५ सय १४ पुगेको वर्ल्डो मिटरले जनाएको छ । विश्वभर कोरोना संक्रमण देखिएकामध्ये ३ करोड २७ लाख बढी संक्रमण मुक्त भइसकेका छन् भने अझै १ करोड ८५ लाख ५९ हजार सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका रहेको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ९१ लाख १८ हजार नाघेको छ । कोरोना संक्रमणबाट अमेरिकामा थप १ हजार जनाको मृत्यु भएको छ भने अमेरिकाभर मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये दोस्रो नम्बरमा रहेको भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ९ सय बढी संक्रमित थपिए सङ्गै भारतमा कूल संक्रमितको संख्या ८० लाख ३८ हजार नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप ५ सय ९ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार ५ सय नाघेको छ । भारतपछि ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या ५४ लाख ६९ हजार पुगेको छ ।

शम्भु प्रसाद भट्ट

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ४ सय नाघेको छ । यस्तै, रसियामा कोरोना संक्रमितको संख्या १५ लाख ६३ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २६ हजार ९ सय नाघेको छ । फ्रान्समा कोरोना संक्रमितको संख्या १२ लाख ३५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ३५ हजार ७ सय नाघेको छ । कोरोना भाइरसबाट प्रभावित मुलुकमध्ये नेपाल ३४ औं नम्बरमा छ । नेपालमा हालसम्म १ लाख ६२ हजार ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट नेपालमा ८ सय ८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८ सय २४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल कोरोना भाइरसका ३९ हजार ६ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना कहरले विश्वको जनजिवन शैलिमा नै एक परिवर्तन भएको आभास गराएको छ । विश्वमा पछिल्लो समयमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो स्थतिमै छ अहिले सम्म कुनै तेस्तो अौषधि नै पत्ता लागेको न कुनै भ्याक्सिन ।

 

मानव जगत् मा covid 19 अर्थात कोरोना भाइरसको सङ्कमणले ठूलो असर गरेको छ । बिश्व तर पछिल्लो समयमा कोरोना कहर भन्दा पनि छ भोक, डर ,त्रास उत्पन्न भइ सङ्कमित भईरहेका छन् ! WHO ले यस विषयमा भ्रम र आतङकित को मौसम सिर्जना गरेर मान्छेहरु मरिरहेका छन् । एकातिर मान्छेहरुलाई कोरोना कहरले भोकमरीको समस्याले पिरोलिरहेको छ । भने अर्कोतिर बिश्व जनमानस बेरोजगरीको समस्याले थिचिएकोको छ । WHO ले यस बिषयमा जबसम्म गम्भीर हुदैन, तवसम्म विश्व जनमानस कोरोना भाइरसको कहरले रुमलिएको हामी देखिरहने छौ । एउटा कुरा विचार गरौ जुन मान्छेहरु ले सेनेटाईजर ,माक्स र समाजिक दुरी को पालना गरिरहेका छन् तिनिहरु लाई चाहि कोरोना भाइरसको सङ्कमण देखिरहेको छ ! तर सड़क मार्ग हरुमा घुमिरहने गरिव फिरन्ते, पागल,जोगी र फोहरमा भएका प्लास्टिक का बोतलहरु उठाउनेहरूले न माक्स लगाएको छ,न सेनेटाईजर प्रयोग नै गरेको छ , न समाजिक दुरी नै कायम गरेको छ । बस् उनिहरु लाई कोरोना भाइरस के हो, कसरी सर्छ यो रोग लागेपछि मरिन्छ कि क्या हो भन्ने कुरा समेत थाहा नै छैन। कोरोना लाग्ने भए तिनीहरु लाई पनि लाग्नु पर्ने हो ।

 

तर अहिले ठुला ठुला विद्वानहरू, सरुवा रोग विशेषज्ञ डा. हरूले समेत भनिरहेका छन् कि यो कोरोना भाईरसको डरको भुकम्पले कमजोर बनाईरहेको छ । कतिपय मान्छेहरु हरू कोरोना लागेको भए पनि आत्मवलमा कमि अथवा डराएर मरिरहेका छन् । हो त्यसैले कोरोना पनि एक किसिमको भाइरस हो, र यो पृथ्वीमा हजारौ किसिमका भाईरसहरू छन् । हामी पनि ति भाईरसहरूकै वरिपरि हुन्छौ , तर हाम्रो दैनिक सरसफाई, खानपान र व्ययामको गर्दा ति भाईरसहरू ले सोझै आक्रमण गर्न सक्दैन तर हामीहरुले यस्ता कुराहरु मा ध्यान दिएनौ, भने मात्रै भाईरसहरू ले हामिहरूलाई आक्रमण गर्ने गर्छ । मौसम परिवर्तन सङ्गै गाउँ टोलहरूमा रुघा खोकि र ज्वरो त विगत का बर्षहरूमा पनि आउथ्यो तर मान्छेहरुलाई ज्वरो रूघा खोकि लाग्थ्यो र केही दिन पछि सवैलाई ठिक भईहाल्थ्यो । तर कोहि मात्रै ति मध्ये वा 1000 मा एक आद मान्छेहरु मर्ने गर्थे । तर अहिले यो कोरोना भाइरसको कारणले रोग भन्दा पनि डर त्रास ले मान्छेहरु मरिरहेका छन् । WHO ले यस विषयमा कोरोना भाइरस सम्बंधित सकारात्मक सूचना तथा सन्देश हरू प्रकासन तथा प्रसारण गरे मान्छेहरु मा उत्पन्न भएको डर त्रासपुण माईनडेटमा कमी आउनेछ। र विश्व जनमानसको आत्मवलमा बृद्धि भई मृत्युदरमा पक्कै पनि कमी हुनेछ । र कोरोना भाइरसको कारणले अकालमै ज्यान पनि गुमाउनु पर्दैनथ्यो होला । हो त्यसैले WHO र विश्व स्वास्थ्य सम्बंधित निकाय र राज्य ले कोरोना भाइरसको बारेमा नकारात्मक सन्देश हैन , सकारात्मक सन्देश को बिकास र सूचना प्रवाह गरे पक्कै पनि यो त्रास पूर्णरुपले कोरोना भाइरस बाट मान्छेहरु ले मुक्ति पाउने छन् ।

 

प्रतिक्रिया दिनुस