पहिलाद राना 

कञ्चनपुरको लालझाडी गाँउपालिकामा १५ सैयाको गाँउपालिका स्तरिय अस्पताल बन्ने भएको छ । चारैतिर दोदा नदी, सडक सञ्जालले जोडिनबाट बञ्चित भएको लालझाडीका नागरिकको स्वास्थ्य सुरक्षाका लागि गाँउपालिकाले १५ सैयाको अस्पताल बनाउने भएको हो । संघीय सरकारबाट १० सैया र स्थानीय सरकारबाट ५ सैया थप गरेर ‘लालझाडी अस्पताल’ बन्नेछ । लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले अस्पतला निर्माणका लागि प्रकृया अघि बढिसकेको बताए । ‘अस्पतालल निर्माणका लागि हामीले प्रकृया अघि बढाईसकेका छौँ, ‘उनले भने, ‘टेण्डर प्रकृयामा छौँ ।’ गाँउपालिका प्रमुख बडायकले संघीय सरकारबाट १० सैया र स्थानीय सरकार गाँउपालिकाबाट थप ५ सैया गरि १५ सैयाको अस्पताल निर्माण गरिने बताए । ‘हाल १० सैयाको योजना भएपनि त्यसले निकट भविष्यमा अपुग हुन्छ, ‘उनले भने, ‘५ सैयाका लागि गाँउपालिकाले स्रोत जुटाउँछ ।’ १० करोड ८३ लाख बजेट आएको प्रमुख बडायकले बताए ।

लालझाडी गाँउपालिका ३ नन्दगाँउको शंकर आधारभूत विद्यालयले १५ कट्टा जमिन उपलब्ध गराईसकेको प्रमुख बडायकले बताए । ‘अस्पतालका लागि जमिन प्राप्त भईसकेको छ, ‘उनले भने, ‘डिपिआरको काम अघि बढिसकेको छ ।’ अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर)का लागि चालु आर्थिक बर्ष २०७७÷०७८मा ८५ लाख बजेट आईसकेको बताए । चुनावी प्रतिवद्धता र संविधानमा उल्लेख भएअनुरुप स्वास्थ्य अधिकारको प्रत्याभूति दिलाउनका लागि अस्पतालको योजनालाई प्राथमिकतामा राखेको गाँउपालिका प्रमुख बडायकले बताए । ‘मैले चुनावका बेला जनतासंग अस्पताल बनाउने बाचा गरेका थिए, ‘प्रमुख बडायकले भने, ‘त्यही अनुरुप र संविधानमा नागरिकको मौलिक अधिकार कार्यान्वयनका लागि अस्पतालमा जोडदिएका छौँ ।’ झण्डै साढे २५ हजार जनसंख्या रहेको लालझाडी गाँउपालिकामा अस्पताल स्थापनासंगै नागरिकलाई स्वाथ्य सेवाको पहुँचमा बृद्धि हुने छ । गाँउमै अस्पताल बन्ने भएपछि स्थानीय हर्षित भएका छन । यस अघि सबै वडामा स्वाथ्य चौकी भवनबाट सेवा प्रदानका साथै अल्ट्रासाउण्ड सेवा, एम्बुलेन्स सेवा विस्तार भईसकेको छ ।

गाँउप्रमुख बडायकले स्वास्थ्य क्षेत्र मात्र नभई शिक्षा क्षेत्रमा समेत विभिन्न योजना अघि सारिएको बताए । उनले गाँउपालिका भित्र रहेका १६ सामुदायिक विद्यालयको स्तरोन्नती, भौतिकदेखि शैक्षिक गुणस्तर बृद्धिका लागि योजना अघि सारिएको बताए । लालझाडी गाँउपालिका १ शारदा माविलाई नमुना विद्यालय घोषणा गराउन सफल भईएको बताए । रटन्ते शिक्षा भन्दा बहुप्राविधिक शिक्षालय खोल्नका लागि समेत सरोकारवाला पक्षसंग छलफल गरेको बताए । विकास,सम्बृद्धिबाट उपेक्षित भूगोल र नागरिकको सुविधाका लागि आफ्नो क्षेत्रबाट प्रयत्न गरिरहेको उनले बताए । लालझाडी क्षेत्रको उर्बराभूमि कटानीबाट जोगाउन दोदानदी तटबन्ध, विद्युतीकरण, वन पर्यावरण संरक्षण, खानेपानी, सिँचाई, युवालाई शिक्षिक, सीपमुलक, उद्यमी बनाईन विभिन्न योजना अघि सारिएको बताए । ‘जति पनि हामीले गाँउपालिकाको योजना अघि सारेका छौँ, ‘ति सबै योजना चुनावी प्रतिबद्धता र जनतासंग बोलेका बाचा हुन ।’ गाँउपालिकालाई चारैतिर सडक सञ्जाल विस्तारिकण गरिने छ । उत्तरमा महेन्द्रराजमार्ग र दक्षिणमा हुलाकी राजमार्ग संग विस्तार गरिनेछन । जसका लागि दोदा नदीमा निर्माणाधिन तीन पुल, अन्य पुलपुलेसा निर्माणसंगै लालझाडीलाई चौतर्फि सडक संजालसंग गरेर सम्बृद्धि तर्फ उन्मुख गराईने बताए । गाँउपालिको एकिकृत दिगो विकासका लागि नागरिक हातेमालो आवश्यक रहेको समेत प्रमुख बडायकको भनाई छ । स्थानीयले समेत गाँउपालिका विगतको तुलनामा विकासोन्मुख भईरहेको महसुस गर्न थालेका छन ।

प्रतिक्रिया दिनुस