बर्दघाट , कार्तिक ,१४। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरवासीलाई स्वास्थ्य पहुँच पु¥याउन १६ वटै वडामा स्वास्थ्य संस्थाहरुको विस्तार अभियान जनाएको छ ।आधारभूत स्वास्थ्य सेवा घरघरमा पु¥याउने अभियान अन्तरगत स्वास्थ्य पहुँच बृद्धि गर्न ९ वटा वडामा स्वास्थ्य चौकी भवन निर्माण गर्ने योजनाअनुसार कार्य भईरहेको छ ।

७ वटा वडामा यस अघि देखि नै स्वास्थ्य सेवाका लागि अस्पताल तथा स्वास्थ्य चौकी छन् । ती ९ वटा स्वास्थ्य चौकीहरुको मात्र कुल बजेट २ करोड ८४ लाख ३० हजार २४१ रुपैया रहेको बताएको छ ।
प्रत्येक वडाका जनतालाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य चौकी निर्माण अभियान शुरु गरिएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताए ।

बर्दघाटको वडा नम्बर १ ,३,४,६,७,८,१०,१२ र १६ गरी कुल ९ वटा वडामा स्वास्थ्य चौकी निर्माण गर्न योजना रहेको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जानकारी दिए ।बर्दघाट नगरको वडा नम्बर २ मा १५ शैयाको सरकारी स्वामित्वको चिसापानी अस्पताल, सोही वडामा कोभिड लक्षित गरी सुबिधा सम्पन्न आइसोलेशन भवन निर्माणधीन , वडा नम्बर १४ स्थित चौपत्तामा शहिद स्मृति सामुदायिक अस्पतालले समेत स्वास्थ्य सेवा दिइरहेको छ । नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेका अनुसार वडा ५,९,११,१३ ,१४ र १५ मा यस अघि देखि नै स्वास्थ्य चौकी संचालित छ ।

चालु बर्ष बन्ने स्वास्थ्य चौकहरुको बजेट ब्यवस्थापन स्वास्थ्य मन्त्रालयबाट नै भएको उनले बताए ।
वडा ११ र १५ को स्वास्थ्य चौकी गतबर्ष सम्पन्न भएको छ । अस्पताल तथा स्वास्थ्य संस्था नभएको वडालाई प्राथमिकतामा राखेर स्वास्थ्य चौकी निर्माण गर्न लागिएको हो । १६ नम्बरको स्वास्थ्य चौकी धमाधम बनिरहेको छ ।
त्यस्तै वडा नम्बर १२ मा विहीवार प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीले स्वास्थ्य चौकी शिलान्यास गरेको वडाध्यक्ष मानबहादुर मल्लले बताए ।

वडा नम्बर १२ का स्थानीय देबेन्द्र पोखरेलले वडाध्यक्षको अथक प्रयासबाट निर्माणको कामले सार्थकता पाएको दावी गर्दै वडामा आधारभुत स्वास्थ्य चौकी निर्माणको कार्यले वडावासीमा खुसीयाली छाएको बताए ।

प्रतिक्रिया दिनुस