बर्दघाट कात्तिक १६ । बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाले आ.व.०७७÷०७८ को स्विकृत कार्यक्रम अनुसार घाँसको विउ उत्पादन कार्यक्रम सम्पन्न भएको छ । नगर सभा वाट स्विकृत कार्यक्रम लक्ष्य अनुसार यस वर्ष ८ जना कृषकहरुले ८ बिगाहा जग्गा क्षेत्रफलमा जै घाँसको विउ उत्पादनका लागि घाँस खेतीको सुरुवात गरेका छन् । स्थानीय स्तरमा घाँसको बिउ नपाईने घाँसको बिउको लागि छिमेकी जिल्ला तथा भारतको भर पर्नुपर्ने अवस्थामा नगरले यस बर्षदेखि जै घाँसको बिउ उत्पादन (बिजवृद्धि) कार्यक्रम संचालन गरेको हो ।

स्विकृत कार्यक्रम अनुसार बिउ उत्पादनको लागि नगरले कृषकहरुलाई १०० केजी मुल विउ, १०० केजी रासायनिक मल, बाली संरक्षणको लागि १ थान ईलेक्ट्रिक स्पेयर लगायतका सामाग्रीहरु उपलव्ध गराई प्रोत्साहन गरिएको शाखाले जनाएकोेछ ।
यस कार्यक्रम वाट नगरमा घाँसको बिउ उत्पादन कार्यको शुरुवात भएको छ । बिउ उत्पादन भएपछि स्थानिय र जिल्ला दर रेट अनुसार पालिकाले नै खरिद गरिदिने गरि कृषकहरुलाई यस कार्यमा आकर्षित गरिएको हो ।
नगरका करिव २० जना कृषक उद्यमी बिउ उत्पादन कार्यमा संलग्न भएमा यस नगरलाई घाँसको बिउमा आत्मनिर्भर बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुस