८ लाख सहित ५८ जुवाडे पक्राउ « News of Nepal
महेन्द्रनगर १६, कार्तिक–दार्चुलामा जुवातास खेली रहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको नौगाड गाउँपालिका–३ खारबाट प्रहरीले १४ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।
स्थानीय मानबहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–३ का ३० वर्षीय रमेशसिंह ठगुन्ना लगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शनिवार राति प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले नगद ८८ हजार ४ सय ६५ रुपैयाँ सहित उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट दुई गड्डी तास पनि बरामद गरेको छ।
प्रतिक्रिया दिनुस