1140x725

काठमाडौं–कर्णाली प्रदेशको नेकपा विवादमा नयाँ मोड आएको छ। प्रधानमन्त्री केपी ओली निकट मानिएका ११ जनामध्ये ८ जना प्रदेश सांसदहरुले मुख्यमन्त्री शाहीलाई सर्मथन गर्ने निर्णय गरेका छन्।

उनीहरुको यो निर्णयपछि मन्त्रिपरिषद पुनर्गठन पनि पर धकेलिएको छ। केपी ओली निकट मानिएका यमलाल कडेँलको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा पेस भएको थियो।

त्यसपछि सिर्जना भएको विवादमा अहिले नयाँ मोड आएको हो। पुष्पकमल दाहाल पक्षका १३, माधव नेपाल पक्षका ९ र ओली पक्षका ११ जना सांसद कर्णालीमा छन्। ८ जनाले मुख्यमन्त्रीलाई सर्मथन गरेपछि कडेँलसँग ३ जना मात्र सांसद भएका छन्।

प्रतिक्रिया दिनुस