खडक कोली कञ्चनपुर, १६ कार्तिक

सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महाकाली नगरपालिका १ चाँदनीमा सुक्खा बन्दरगाह निर्माण स्थल एकिन भएको छ । दश बर्ष अघि महाकाली नगरपालिका ७ कञ्चनभोजमा सुक्खा बन्दरगाह बनाउन स्थान प्रस्ताव गरिएको थियो । सुक्खा बन्दरगाहको भारतसंग जोड्नका लागि कञ्चनपुरको कञ्चनभोज, दोधारा र चाँदनी तीन विकल्प थिए । (नेपाल भारत) कनेक्टिभिटीकका लागि पारी भारतको मेलाघाट(खटिमा), चक्र्रपुर र बनबासा तीन विकल्प थिए । जसमध्ये उत्तम विकल्प चाँदनी तय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वाणिज्य सचिव डा. बैकुण्ड अर्यालले तीन विकल्प मध्ये सबैभन्दा बढि उत्तम र भारतीय पक्षबाट समेत बनबासा–चाँदनी क्षेत्रमा एकिकृत जाँचचौकी निर्माणका लागि प्रस्ताव आएको बताए । ‘हामी दुवै पक्षले तीनवटै स्थानको अध्ययन ग¥यौँ, ‘सचिव अर्यालले भने, ‘तीनवटै स्थान मध्ये पारी बनबासा र वारी चाँदनी उपयुक्त स्थान छनौट भएको छ ।’ गौरीशंकर र मायापुरी सामुदायिक मध्यवर्ती वनमा सुक्खा बन्दरगाह र अन्तरदेशीय आर्थिक क्षेत्र बनाईने सचिव अर्यालले बताए । भारतको राजधानी नयाँदिल्लीसंग नेपालको सबैभन्दा छोटो नाका ३ सय ८७किलोमिटर दुरीमा रहेको महाकाली नगरपालिका ‘दोधारा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि ०६७ सालदेखि पहल थालिएको छ ।

 

सचिव अर्यालले प्राविधिक टोलीले गरेको अध्ययन अनुसार चाँदनी क्षेत्रका दुवै सामुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणको स्थल छनौट गरिएको बताए । ‘अब स्थान छनौट भईसकेको छ, ‘उनले भने, ‘डिपिआर बनाएर काम शुरु गछौँ ।’ सचिव अर्यालले छोटो दुरी, जमिन र बस्ती कम अधिकरण गर्नुपर्ने, बस्ती धेरै नभएको, काम गर्न सहज हुने भएकाले अन्तिम विकल्पमा चाँदनी नै छनौट गरिएको बताए । ‘भारतीय पक्षबाट समेत सोही स्थानलाई छनौटका लागि प्रस्ताव आयो, ‘उनले भने, ‘हामीले प्राविधिक दृष्ट्रिकोणबाट अध्ययन गर्दा पनि चाँदनी नै उपयुक्त हुन्छ ।’ सुक्खा बन्दरगाह निर्माणका लागि ४ सय विगाह र अन्तरदेशीय आर्थिक क्षेत्रका लागि करिब साढे ३ सय विगाह जमिन उपभोग गरिने बताए । ‘भविष्यमा ठाँउ अपुग हुन नदिनका लागि बढि जमिन उभोग गर्दै करिब हजार विगाह जमिन उपभोग गछौँ, ‘सचिव अर्यालले भने, ‘दुवै परियोजनाको संरचना निर्माणका लागि प्रसस्त जमिन छ ।’ सन २०१८ मा गरिएको अध्ययन अनुसार सो क्षेत्रमा वाढिको जोखिम र १सय ५० घरधुरी मात्रै विस्तापित हुने देखिएको थियो, तर अहिले दुवै सामुदायिक वनको जमिन उपभोग गर्दा कम बस्ती विस्थापितहुने बताए ।

 

दुई बर्ष अघि गरिएको अध्ययन अनुरुप ६ अर्ब रुपैया लागत गरिएको बताउदै उनले करिब ८देखि १० अर्ब लगानी लाग्ने बताए । उद्योग सचिव चक्र्र कुमार घिमिरेले सुक्खा बन्दरगाहसंगै निर्माण हुने अन्तरदेशीय आर्थिक क्षेत्रलाई सिधै भारतको गुजरात प्रदेशको मुन्द्रा बन्दरगाहसंग जोडिने बताए । ‘बन्दरगाह बनाएर मात्रै हुँदैन, नेपालले भारत लगायत अन्य मुलुकसंग बस्तु तथा सेवा आयात निर्यातका लागि बन्दरगाहसंग जोड्नुपर्छ, ‘उनले भने, ‘विदेशबाट समेत कच्चा पदार्थ ल्याएर निर्यात आयात गर्नुपर्छ ।’ कृषि, खनिज, उत्पादनका बस्तु तथा सेवालाई भारतसंग मात्र नभई तेस्रोमुलुकसम्म निर्यात गरिने बताए । निजी क्षेत्रको समेत लगानी आवश्यक रहेको बताउदै उनले अन्तरदेशीय आर्थिक क्षेत्रका लागि दैजी जोगबुढा क्षेत्रको औद्योगिक क्षेत्र शुचारु गर्नुपर्ने बताए । सुक्खा बन्दरगाह निर्माणसंगै सिङ्गो नेपालकै आर्थिक विकास हुने बताए । ठुलो परिमाणमा लगानी भित्रिने रोजगारी समेत सृजना हुने बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले आयोजना परिचान गरेर लगाानी गर्न प्रतिबद्धता जाहेर गरे । ‘आयोजनामा सहिजकरण, लगानी गछौँ, ‘उनले भने, ‘आर्थिक विकासको मेरुदण्ड सुक्खा बन्दरगाहमा समेत लगानी गछौँ ।’ ०६८ सालमा स्थापना भएको लगानी बोर्डले निर्माण तर्फ ३ खर्ब र १४ खर्बको प्रतिबद्धता जाहेर गरिएको बताए ।

 

चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणसंगै स्थानीय हर्षित भएका छन । स्थानीय एव कञ्चनभोजमा सुक्खा बन्दरगाह निर्माण हुन हुँदैन भनेर आन्दोलनमा उत्रेका विनय सुनारले जनताले सोचे अनुरुपै सरकारले काम गरेको बताए । ‘हामीले पहिल्यै भनेका थियौँ, कञ्चनभोजमा नभई चाँदनीको मायापुरी र गौरीशंकर सामुदायिक वन जहाँ बस्ती विस्थापित गर्नु पर्दैन ।’ आज आएर सरकारले जनताले नै भनेको स्थानमा सुक्खा बन्दरगाह निर्माण गर्न थालेपछि स्थानीय हर्षित भएको बताए । कञ्चनभोजमा २० विगाहजमिन मात्रै सरकारी थियो, बाँकी बस्ती विस्थापित गर्नुपर्ने अवस्था थियो । अहिले जंगल क्षेत्रपनि कुकाठ हो । स्थानीय एव नेकपा नेता भरत भट्टले सरकारले उत्तम स्थान छनौट गरेको बताए । उनले स्थान छनौटसंगै काम अघि बढाईनुपर्ने बताए । काँग्रेस स्थानीय नेता धिर प्रशाद पाण्डेयले सुक्खा बन्दरगाहको काम कार्यान्वयनमा जोडदिए । महाकाली नगरका मेयर बीर बहादुर सुनारले सुक्खा बन्दरगाहको स्थान सारिदा दोधारा क्षेत्रका स्थानीय निरास भएको बताए । ‘दोधाराका जनता निरास छन, ‘मेयर सुनारले भने, ‘कार्यान्वयनका लागि नगरपालिकाका तर्फबाट पहल गर्छु ।’

 

प्रदेश सभा सदस्य मान बहादुर सुनारले यस अघि सुक्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव गरिएको कञ्चनभोजबाट चाँदनी क्षेत्र उपयुक्त भएको बताए । ‘हामीले चाहेर मात्र हुँदैन, ‘उनले भने, ‘भारतीय पक्षबाट समेत साथ सर्मथन चाहिन्छ ।’ चाँदनी क्षेत्रमा सिधै महाकाली पुलसंगै जोडिने ६ लेन सडकमा सुक्खा बन्दरगाह जोडिदा दुरी छोटो हुने बताए । प्रतिनिधी सभा सदस्य डा.दिपक प्रकास भट्टले दक्षिण भारतसंगै उत्तरी चिनसंग जोड्ने बताए । ‘दक्षिणमा सुक्खा बन्दरगाह, महाकालीमा पक्की पुल हुँदै कोरिडोर चिनसम्म पु¥याउँछौँ, ‘उनले भने, ‘अन्र्तराष्ट्रिय व्यापार केन्द्र निर्माण गरेर आर्थिक सम्बृद्धि तर्फ उन्मुख हुनुपर्छ ।’ उनले सुक्खा बन्दरगाह,उत्तर दक्षिण जोड्ने महाकाली कोरिडोर र महाकालीमा पक्की पुल निर्माण भएर देशकै कार्यापलट हुने बताए । एकिकृत सुरक्षा जाँच पोष्ट स्थापना गरेर सुदूरपश्चिम मात्र नभई देशकै आर्थिक विकास गर्नुपर्ने बताए ।

 

बन्दरगाह निर्माणसंगै पश्चिमबाट विकासको ढोकाखुल्छ ःमन्त्री भट्ट आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह निर्माण हुने स्थानको औपचारिक घोषणा गर्दै बन्दरगाह र अन्र्तरदेशीय आर्थिक क्षेत्रको विकास दुतगतिमा अघि बढ्ने बताउनुभएको छ । औद्योगिकरण मार्फत रोजगारी र सम्बृद्धि गरिने बताए । पश्चिमबाट विकासको ढोकाखुलेको बताउदै मन्त्री भट्टले उत्पादन र श्रम जोडिने बताए । ‘जनताको स्वदेशमै रोजगारी पाउने र देशको आर्थिक सम्बृद्धि तर्फ अघि बढ्छौँ, ‘उनले भने, ‘हाम्रो एक सपना पुरा हुँदैछ ।’ मन्त्री भट्टले सुक्खाबन्दरगाह निर्माणसंगै सम्बृद्धि सुदूरपश्चिम प्रदेशको नामबाट चिनाउनुपर्ने बताए । ‘अब सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको छ, ‘मन्त्री भट्टले भने, ‘दुवै पक्षको हस्ताक्षर गरेर टेण्डर प्रकृया अघि बढ्छ काम अघि बढछ ।’ सुक्खा बन्दरगाहसंगै अन्तरदेशीय आर्थिक क्षेत्रले नेपालकको आर्थिक विकासमा टेवा पुग्ने बताए । आर्थिक विकासका लागि सो क्षेत्रलाई छनौट गरिएको बताउदै मन्त्री भट्टले औद्योगिक कोरिडोरकै रुपमा विकास गरिनुपर्नेमा जोडदिए । सुक्खा बन्दरगाहलाई महाकाली पुल,त्यो संगै उत्तर चिनसंग जोड्नुपर्ने बताए ।

 

सुक्खा बन्दरगाहको काम अघि बढ्ेसंगै आर्थिक विकास र सम्बृद्धिको अपेक्षा गरिएको छ । यस अघि ०६७ सालमा मन्त्री भट्ट वाणिज्य तथा आपूर्ति मन्त्री भएका बेला दोधारा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणको योजना ल्याएका थिए । सुदूरपश्चिमको आर्थिक, समाजिक विकासका लागि औद्योगिक ग्राम, विषेश आर्थिक क्षेत्र बनाईने बताए । पुर्वपश्चिम, उत्तर दक्षिण क्षेत्र जोडिने मन्त्री भट्टले बताए । सुदूरको विकासका लागि जलविद्युत लगायत, रणनीति सडक समेत विस्तार गरिने बताए । मन्त्री भट्टले आयोजनाको काम अघि बढाउनका लागि स्थानीय जनता, सरकार र प्रदेश सरकार सहित सबै पक्षको साथसर्मथन आवश्यक रहेको बताए । यसैविच मन्त्री भट्ट सहितको टोली दैजी औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गर्दै औद्योगिक क्षेत्र विस्तारमा जोडदिएका छन । कञ्चनपुरका स्थानीय जनप्रतिनिधी, उद्योगी व्यवसायीले उथाशिघ्र छेला दैजी औद्योगिक क्षेत्र संचलानको माग अघि सारेका छन ।

प्रतिक्रिया दिनुस