महेन्द्रनगर १७, कार्तिक–कैलालीमा जिप दुर्घटनामा परी घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको मोहन्यालमा आइतबार जिप दुर्घटना हुँदा वडा नम्बर–२ का ६० वर्षीय कविराज भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका घोडाघोडी नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय खडक रावललाई नेपालगन्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

आइतबार दिउँसो मोहन्याल गाउँपालिका वडा नम्बर ४ को बाजपानिमा सुप प्र ०१००१ च २६२३ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुस