फाइल फोटो
महेन्द्रनगर १७, कार्तिक–कैलालीमा २ किशोरी माथि सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा ८ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको जानकी गाउँपालिकामा अष्टमीका दिन ९ जना युवाहरूको समुहरुले सोही ठाउँका २ किशोरीलाई बन्धक बनाइ पालैपालो सामूहिक बलात्कार गरेको आरोपमा  प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जानकी गाउँपालिका–५ का १८ वर्षीय कृष्ण नगरकोटी र २२ वर्षीय मनोज चौधरी तथा लम्किचुहा नगरपालिका–१ भुरुवाका १९ वर्षीय धीरेन्द्र विष्ट, १९ वर्षीय नरेश चौधरी, १८ वर्षीय रमेश शाही, १८ वर्षीय सत्यम रावल, २० वर्षीय रामबहादुर चौधरी र २१ वर्षीय महेश चौधरी छन्। १८ वर्षीय चन्द्र शाही फरार रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन घिमिरेले बताए। घटनास्थलबाट पीडितलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो।
सामूहिक बलात्कार घटनाको कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। उनका अनुसार घटनास्थलको मुचुल्का तयार पारिएको र आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ। फरार एक जनाको खोजी भइरहेको छ। ८ जना अभियुक्तले घटनामा संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ।
घटना क्रम…
जिल्लाको लम्किचुहा नगरपालिकासँग जोडिएको जानकी गाउँपालिका–५ अमौरी गाउँमा दसैँको चहलपहल थियो। कात्तिक ८ गते अष्टमीका दिन गाउँमा डिजेसहित युवा नाचगान गरेर रमाइरहेका थिए। रमाइलो हेर्न बालिकाहरू पनि गएका थिए। तर घर फर्कने क्रममा ९ बजेतिर सामूहिक बलात्कारमा परे। बलात्कृत बालिका १३ र १४ वर्षका हुन्।
जानकीका चार बालिका आफ्नै गाउँको अर्को टोलमा नाचगान हेरेर फर्कँदै थिए। ९ जनाको समूहमा रहेका केटाहरूले उनीहरूलाई घेरा हाले । एक बालिका घेरा हाल्ने केटामध्ये एक जनाको साथीकी बहिनी थिइन्। उनलाई साथीकी बहिनी भनेर छाडे। अर्कीलाई पनि चिनेकै भएर केही गरेनन् । दुई जनालाई बन्धक बनाए, सामान्य कुटपिट गरे।
अरू दुई बालिकालाई भने खेतमा रहेको परालको थुप्रोमा लगी पालैपालो बलात्कार गरे। आफ्ना साथीलाई खेतमा लगेर बलात्कार गरिरहेको देखेर बन्धक रहेकी एक बालिकाले घरमा एसएमएसमार्फत घटनाको जानकारी गराइन्। परिवारले वडाध्यक्षलाई खबर गरे। वडाध्यक्षसहितको टोलीले घटनास्थलबाट उनीहरूको उद्धार ग¥यो।
 टोली घटनास्थल पुगेपछि सामूहिक बलात्कारमा संलग्न युवा फरार भएका थिए। तर बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई घटनाकै राति पक्राउ गरेको हो। सामूहिक बलात्कारमा परेका दुई बालिका शारीरिक तथा मानसिक पीडामा छन्। उनीहरू घरबाट निस्कने अवस्थामा नरहेको परिवारको भनाइ छ। आफन्तका अनुसार ती बालिकालाई घरमै राखेर अस्पताल लग्दै औषधोपचार भइरहेको छ।
प्रतिक्रिया दिनुस