डोटी,१७ कात्तिक– डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका९१ बाँझककानीको बाहुन टाककी अन्दाजी, ७५ बर्सिया कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो।

आइतबार अरिङ्गालले टोकेपछि घाइते उनलाई मौवा नगरदह स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । उपचारपछि घर ल्याइएकी उनको गए राती मृत्यु भएको हो। यसअघि कार्तिक ११ गते पनि सायल गाउँपालिकाको रोकाया गाउँका वर्ष ५ र वर्ष ३ का गरी २ बालिकाको अरिङ्गालले टोकेरै ज्यान गएको थियो।

प्रतिक्रिया दिनुस