नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ। उनको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो ।

उनी लामो समयदेखि मधुमेह र रक्तचापका विरामी थिए । उनी कांग्रेसका समानुपातिक सांसद हुन्। केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत रहेका थिए ।

पहिलो पटक राप्रपाबाट संविधानसभाको सदस्य बनेका उनी ०७४को प्रतिनिधिसभाको चुनाव अघि मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसी नेपालकै सफल उद्योगी पनि हुन् । प्रसिद्ध रारा चाउचाउ उनकै कम्पनी हो ।

प्रतिक्रिया दिनुस