बैतडीमा गिट्टि निकाल्ने क्रममा ढुङगाले लागेर एक महिलाको मृत्यृ भएको छ । पाटन नगरपालिका –८ खोड्पेकी ४० बर्षीय कौशा बिष्ट सोमबार गिट्टि निकाल्ने क्रममा माथिबाट खसेको ढुङगा लागेर गम्भीर घाईते भएकी थिईन्।

घाईते बिष्टलाई उपचारको लागी डडेल्धुरा अस्पताल लगिएकोमा उपचार सम्भव नभए पछि धनगढी रेफर गरिएको थियो । गम्भीर घाईते भएकी बिष्टको धनगढी लैजादै गर्दा बाटोमै मृत्यृ भएको आफन्तले बताएका छन्।

प्रतिक्रिया दिनुस