धनगढीमा एक युवती मृत भेटिएकी छन्। मंगलबार उप–महानगरपालिकाको वडा नम्बर ८ मा १८ वार्षीया इन्द्रा चौधरी मृत भेटिएको प्रहरीले जनाएको हो।

वडा नम्बर १ को बसन्तटोल शिविरमा वस्दै आएकी ती युवती रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

घटनास्थलमा मुचुल्का उठाउने काम भईरहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको डिएसपी बिष्टले बताए।

प्रतिक्रिया दिनुस