कञ्चनपुरमा एक बृद्धको बेवारिसे शव फेला परेको छ। जनस्वास्थ्य कार्यालयको निर्माणाधीन भवनभित्र अन्दाजी ४२ वर्षीय जस्तो देखिने गहुँ गोरो वर्ण, पातलो शरीर, उचाई ५.६ ईन्च, निलो रातो ट्राउजर(ट्राक) लगाएका पुरुषको शव फेला परेको कञ्चनपुर प्रहरीले जानकारी गराएको हो।

मंगलबार बिहान फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। उनले शवको पहिचान गरी सहयोग गर्न सबैमा समेत अपिल गरे। शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुस