कञ्चनपुर १८, कार्तिक– कञ्चनपुरका १ जना सहित सुदूरपश्चिममा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ७८ जनाको परीक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरको बेतकोट नगरपालिका –१ का एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ७ जना, वडा नम्बर १ का ४ जना, त्यसैगरी वडा नम्बर २, ३ र ७ का एकरएक जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, बैतडीको दशरथचन्द नगरपालिका–३ र दार्चुलाको महाकाली नगरपालिका खलंगाकामा एकरएक जना संक्रमित समेत थपिएका सूचना अधिकारी श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुस