पहिलाद राना

कञ्चनपुरको लालझाडी गाउँपालिकामा स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा अमर सिह राना चयन भएका छन् । मंगलबार लालझाडी क्षेत्रका सामुदायिक वन सरक्षणर्मीको भेलाले रानालाई लालझाडी स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा चयन गरेको हो । नेकपाका स्थानीय नेता एव संरक्षकर्मी समेत रहेका रानालाई सर्वसम्मतबाट अध्यक्षमा चयन गरिएको जनाईएको छ ।

सचिवमा विष्णु प्रसाद चौधरी, कोषाध्यक्ष शारदा राना रहेका छन । भने सदस्यहरुमा मोतिराम राना, देव कुमार चौधरी, चन्दर राना, हंसराम राना, हिरादेवी राना, छोटी राना पप्पु राना, र खडक साउद चयन भएका हुन । लालझाडी स्तरिय सामुदायिक वन समन्वय मितिका अध्यक्ष अमर रानाले सामुदायिक वनको संस्थागत विकास, उपभोक्ताको मागमा जोड दिने बताए । अध्यक्ष रानाले सबै सामुदायिक वनमा चोरी सिकारी नियन्त्रण, जनचेतनामुलक र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने बताए ।

लालझाडी गाउँपालिका अन्र्तगतको वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक टिकाराम चौधरीको अध्यक्षतामा, लालझाडी गाउँपालिका प्रमुख मदनसेन बडायक प्रमुख अतिथी रहेका थिए, भने विशिष्ठ अतिथी गाउँपालिका उपप्रमुख सत्यदेवी महरा र रामनगर सव डिभिजन वन कार्यालयका कुरुणाकर जोशी रहेको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस