पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना संक्रमणबाट आज बिहान निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि १४ कात्तिकमा उनलाई दाङबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। नर्भिक अस्पतालमा भर्ना गरिएकी उनलाई १५ कात्तिकदेखि भेन्टिलेटरमा राखिएको थियो।

उनको आज बिहान ६ः२५ मा निधन भएको हो। उनलाई दसैं मनाउन पुख्र्यौंली घर रोल्पा गएको वेला स्वास्थ्यमा समस्या भएको थियो। पूर्व सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लका अनुसार त्यसपछि १३ कात्तिकमा उनलाई दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। नर्भिक अस्पतालमा भर्ना भएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मल्लले बताए।

उनी १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन्। २०१८ सालमा जन्मिएकी उनको २०३५ सालमा कृष्णबहादुर महरासँग विवाह भएको थियो। उनीहरुका दुई छोरा र दुई छोरी छन्।

प्रतिक्रिया दिनुस