१९ कात्तिक, काठमाडौँ । माइतीघर मण्डलामा २१ दलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ। बुधवार दिउँसो संयुक्त २१ दलीय मोर्चाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको साङ्केतिक विरोध गरेको हो।

नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको बताउँदै उनीहरूले विरोध प्रदर्शन गरेका छन्। माइतीघरमा उनीहरूले ‘कालापानी, लिपुलेक, लिम्पीया धुरा छोड, राष्ट्रिय हस्तक्षेप मुर्दा बाद, ‘गो ब्याग नरवणे’’ लगायतका नारा प्लेकार्ड बोकी विरोध प्रदर्शन गरेका छन्।

राष्ट्रिय स्वाधीनतामाथि आँच आउने गरी भारतीय सेनाध्यक्ष नरवणेको प्रस्तुतीकरण विषयलाई लिएर २१ दलीय संयुक्त मोर्चाले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए। उनले आज साङ्केतिक विरोध गरिएको जानकारी दिए। विरोध प्रदर्शनका कार्यक्रम जारी रहने उनले बताए।

नरवणेले सीमा विवाद चर्किएका वेला चीनतर्फ इङ्गित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुस