महेन्द्रनगर १९, कार्तिक–कञ्चनपुरबाट बुधबारदेखि देशव्यापी साइकल यात्रा सुरु भएको छ । विश्व साइकल यात्री पुष्कर शाहका नेतृत्वमा दोधाराचाँदनीबाट देशव्यापी साइकल यात्रा सुरु भएको हो ।
कोभिड १९ मा पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रायोजन तथा ट्रेकिङ एजेन्सी एशोसिएसन नेपालको सहप्रायोजनमा महाकाली मेची साईकल यात्रा सुरु गरिएको हो ।
यात्रामा सहभागी भरतविक्रम शाहले पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्य सचेतना फैलाउने उद्देश्य अनुरुप साइकल यात्रा सुरु भएको जानकारी दिए । महेन्द्रनगरबाट सुरु भएको महाकाली मेची साइकल यात्रा मंसिर ९ गते पूर्वको काकडभित्ता सम्म यात्रा पुगेर सम्पन्न हुने शाहले बताए ।
प्रतिक्रिया दिनुस