डोटी,१९ कार्तिक–डोटीको आदर्श गाउँपालिका वडा नं.६ गिरीचौका मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही वडाका बहादुरे ओलीका पत्नी वर्ष ४३ कि पानादेवी ओलीको बिहान ११ बजेतिर भीरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको वनमा खर काट्न गएकी ओली करिब ४ सय मिटर तलसम्म लड्दा घटना स्थलमै ज्यान गएको नेकपा आदर्श गाउँ कमिटि सचिव एवं स्थानीय बासिन्दा तपेन्द्र बोहराले जानकारी दिए । मृतक ओलीको साथमा खर काट्न कोही नगएको तर उनले खर काटिरहेको वनमा केही चाल नपाईएपछि गाउँलेहरुले उनको खोजी गर्दा लडेर मृत अवस्थामा फेला पारेको जनाईएको छ ।

प्रतिक्रिया दिनुस